images
images

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?


  • 379
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको नाफा २३.४७ प्रतिशतले बढेको हो । बैंकले यस त्रैमासमा १ अर्ब १४ करोड  नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ३७ लाख आर्जन गरेको थियो ।

    असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यते गत बर्षको तुलनामा ६६.४९ ले बढी हो । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । 

    त्यस्तै, बैंकको निक्षेप १ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।  कर्जा लगानी १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ।  प्रतिशेयर नेटवर्र्थ १ सय ९५ रुपैयाँ ३८ पैसा रहेको छ ।


    images
    images

    Logo