काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक नाफा सामान्य घट्न पुगेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको नाफा ०.२४ प्रतिशतले घटेको हो ।
बैंकले असोज मसान्तसम्ममा ५१ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ५१ करोड ८० लाख रुपैयाँ रहेको थियो । बेंकको खुद व्याज आम्दानी भने बढ्न पुगेको छ । बैंकले असोज मसान्तसम्ममा १ अर्ब १२ करोड रुपैयाँ खुद व्याज आम्दानी रहेको छ । गो गत बर्ष तुलनामा २१ प्रतिशतले बढी हो । गत वर्ष यस्तो रकम ९३ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ।कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ।
सो समयमा बैंकहरुको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसामा रहेको छ। प्रतिशेयर नेटवर्र्थ १ सय ४८ रुपैयाँ ५४ पैसा रहेको छ ।यस्तै,नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडले एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् ।



