काठमाडौं । एभरेष्ट बैंकको नाफा ४८.९५ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यस्तो रकम ५७ करोड ८८ लाख रुपैयाँ रहेको थियो।
असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७२. ६८प्रतिशत बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ यो गत वर्षको तुलनामा ३२ प्रतिशत बढी हो ।त्यस्तै, सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ। यो अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
सोही समयमा बैंकको जगेडा कोषमा १३ अर्ब ९४ करोड रहेको छ । यो गतवर्षको तुलनामा ५.४५ प्रतिशतले बढेको हो। त्यसैगरी, बैंकको निक्षेप ०.६४ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब ८३ करोड पुगेको छ भने र कर्जा १.७२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
सो समयमा बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ४७ रुपैयाँ ३२ पैसा रहेको छ।



