काठमाडौं । कुमारी बैंकको नाफा ८१ प्रतिशतले बढेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंककोे नाफा ८१.४९ प्रतिशतले बढेको हो ।
बैंकले असोज मसान्तसम्ममा १ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ५४ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ। निक्षेप १ खर्ब ७३ अर्बल रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कर्जा लगानी १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेको छ ।
सो समयमा बैंकहरुको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २३ पैसामा रहेको छ। प्रतिशेयर नेटवर्र्थ १ सय २९ रुपैयाँ ३६ पैसा रहेको छ ।



