काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्मा बैंकको नाफा सो परिणाममा बढेको हो । गतवर्षको तुलनामा यो रकम ५६.४६ प्रतिशत बढि हो । गत वर्ष सोही अवधिमा यस्तो रकम २४ करोड २० लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम ४१ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ५८.६१ प्रतिशतले बढि हो । सोही अवधिमा बैंकको निक्षेप संकलन ३२.६९ प्रतिशतले बढेको छ । त्यस्तै कर्जा लगानी २ सय ६१.६३ प्रतिशतले वृद्धि गरेको छ ।
सञ्चालन नाफामा बैंकले ५४ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको तुलनामा यो ५६.४६ प्रतिशत बढी हो । सो समयमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १ पैसा रहेको छ भने छ भने बैंकको प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ ७८ पैसा रहेको छ ।



