images
images

पहिलो त्रैमासमा ४१ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, ईपीएस भने घट्यो


  • 341
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    पहिलो त्रैमासमा ४१ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, ईपीएस भने घट्यो

    काठमाडौं । नबिल बैंकको नाफा ४१ प्रतिशतले बढेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंककोे नाफा ४१.३० प्रतिशतले बढेकोे हो । 

    बैंकले असोज मसान्तसम्ममा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम १ अर्ब ११ करोड २२ लाख रुपैयाँ रहेको थियो । 

    असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। सोही समयमा बैंकको सञ्चालन आम्दानी ४ अर्ब ४९करोड ७३ लाख रुपैयाँमा पुगेको छ यो गतवर्षको तुलनामा ५२.९९ प्रतिशत  प्रतिशतले बढी हो । सोही समयमा लघुवित्तको सञ्चालन नाफा  ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । 

    यस अवधिमा बैंकको जगेडा कोषमा ३० अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने निक्षेप ३ खर्ब ३३ अर्बल रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कर्जा लगानी ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । सो समयमा बैंकहरुको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ। प्रतिशेयर नेटवर्र्थ २ सय ३३ रुपैयाँ २८ पैसा रहेकाे छ ।


    images
    images

    Logo