images
images

शेयर बजार सुधारियाे, १४ अंकले बढ्दा २ कम्पनीको शेयरमा सकारात्क सर्किट


  • 444
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    शेयर बजार सुधारियाे, १४ अंकले बढ्दा २ कम्पनीको शेयरमा सकारात्क सर्किट

     काठमाडौं ।अघिल्लो साता झिनो अकंले घट्ने तथा बढ्ने गरेकोमा यो साता काे पहिलाे दिन भने कारोबारमा सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अंकले बढेको छ । सो बराबरको अंकले बढ्दा १ हजार ८ सय ५८ दशमलव ४९ विन्दुमा पुगेको छ । 

    आइतबार २ सय २१ स्क्रिपको ५१ करोड ६८ लाख रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से बढेपनि कारोबारमा भने खासै सुधार देखिएको छैन । आज १सय ३५ कम्पनीको शेयर मुल्य बढेको छ । ३९ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूलयमा स्थिर आएको छ ।  यस दिन कारोबारमा आएका १३ उपसमूहमा होटल र म्युचुअल फण्ड बाहेक ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। 

    आज सवैभन्दा बढी एभरेष्ट बैंकको ५ करोड १६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ३ करोड २० लाख, एनआइसी एशिया बैंकको प्रोमोटर शेयरको २ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आइतबार रुरु जलविधुत् कम्पनी र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, हिमालयन एभरेष्ट, जनउत्थान सामुदायिक लघुवित्त, किसान लघुवित्त, मिथिला लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, सानिमा बैंक र अपर हावाखोलाको शेयरमा सुधार देखिएको छ।


    images
    images

    Logo