काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका २७ वटा वाणिज्य बैंकमध्ये हालसम्म ५ वटा बैंकले मात्र लाभांश घोषणा गरेका छन्। अहिलेसम्म लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाण्डू, कुमारी बैंक, सिटिजन्स बैंक,एनसीसी बैंक र सानिमा बैंक रहेका छन् ।
यस बर्ष लाभांश घोषणा गरेका कम्पनीहरुलेले बोनसमा भन्दा पनि नगद लाभांशमा जोड दिएका छन् ।लाभाशंको घोषणा गरेका बैंकहरुमध्ये ३ बटाले बोनस र नगद दुवै दिने घोषणा गरेका छन् भने २ वटा बैंकले नगद लाभांश मात्रै दिने घोषणा गरेका छन् ।
गत बर्षको तुलानामा यस बर्ष ३ बैंकको नाफा बढेको छ भने २ बैंकको नाफा घटेको छ । यसरी नाफा बढ्ने बैंकहरुका बैंक अफ काठमाण्डू, एनसीसी बैंक र कुमारी बैंक रहेको छ । घट्नेमा सानिमा बैंक र सिटिजन्स बैंक रहेको छ ।
लाभांश घोषणा गर्ने बैंकहरु
बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बैंकले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस बष यो बैकले गत बर्षको तुलनामा बढी लाभांश दिएको हो । गतबर्ष १४ प्रतिशत लाभांश दिएको थियो ।
यस्तै, एनसीसी बैंकको ११ प्रतिशत लाभांश घोषणा गरेकोमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश रहेको छ । यस बैंकले गत बर्षको भन्दा बढी लाभांश दिएको छ । गत बर्ष यस बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो ।
कुमारी बैंकले यस बर्ष यस बैंकले बोनस शेयर दिएको छैन । गत बर्ष यस बैंकले नगद र बोनस दुवै दिएको थियो तर यस बर्ष यस बैंकले नगद लाभांश मात्र दिएको छ । गत बर्षको मनाफबाट यस बैंकले १२.५ प्रतिशत नगद लाभांश दिएको हो ।
त्यस्तै, सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश रहेको छ । यस बैंकले गत बर्षको भन्दा कम लाभांश दिएको छ । गत बर्ष यस बैंकले १७.८९ प्रतिशत लाभांश दिएको थियो ।
सिटिजन्स बैंकले पनि गत बर्षको मुनाफबाट नगद लाभांश मात्र दिएको छ । यस बर्ष बैंकले शेयरधनीलाई बोनस शेयर दिएको छैन । गत बर्ष यस बैंकले नगद र बोनस शेयर दिएको थियो भने यस बर्ष ९ प्रतिशत नगल लाभांश दिएको हो । यस बैंकले गत बर्षको तुलनामा लाभांश कम दिएको हो । गत बर्ष १६ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको साधरणसभाले पारित गरेपछि मात्र सेयर धनीले पाउने छन् ।



