काठमाडौं । महुली लघुवित्तको नाफा ७८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले असोज मसान्तसम्ममा ५८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ७८.२९ प्रतिशत बढि हो । गत वर्ष यस्तो रकम २ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन आम्दानी ९ करोड ९६ लाख रुपैयाँमा झरेको छ यो गतवर्षको तुलनामा २.३९ प्रतिशतलेकम हो । सोही समयमा लघुवित्तको सञ्चालन नाफा ८३ लाख २६ हजार रहेको छ । गतवर्षको तुलनामा यस्तो नाफा ७८.६८ प्रतिशत घटेको हो ।
त्यस्तै यो अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, लघुवित्तको सापटी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने कर्जा ४ अर्ब ८५ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १५ रुपैयाँ ६६ पैसा रहेको छ।



