images
images

दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ करोड


  • 426
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ करोड

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ बराबरको  सामान आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । 

    राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव ९ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ ।

    गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव २ प्रतिशत र २१ दशमलव ६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव २ प्रतिशतले बढेको छ । जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।

    त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.ब्लेटलगायत वस्तुको आयात घटेको छ ।

    निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततरर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 


    images
    images

    Logo