काठमाडौं । आरएसडिसी लघुवित्तको नाफा १०२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले असोज मसान्तसम्ममा ३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा १०१.९८ प्रतिशत बढि हो । गत वर्ष यस्तो रकम १ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन आम्दानी ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ यो गतवर्षको तुलनामा ११४.९७ प्रतिशत बढि हो । सोही समयमा लघुवित्तको सञ्चालन नाफा ११२.९८ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँमा पुुगेको छ । त्यस्तै याे अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा २१ करोड ७० लाख रुपैयाँ रहेको छ।
त्यसैगरी, लघुवित्तको सापटी ५ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने कर्जा ६ अर्ब ३५ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।



