काठमाडौं । बैंकहरुले कत्तिक महिनामा व्याजदर नबढाउने भएका छन् । बैंकर्ष संघको अनौपचारिक बैंठकले कात्तिक महिनामा व्याजदर स्थिर राख्ने भएको हो ।
संघले असोज महिनामा व्याजदर बढाएपछि बैंकहरुलााई सबैतिरबाट विरोध आएकाले आगामी महिनाको लागि व्याजदर असोजकै कायम रााख्ने भएको छ । असोज महिनामा संघले १२.०३ प्रतिशत ब्याजदर दिने सहमति गरेको थियो ।
त्यस्तै,संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत र रेमिट्यान्स मुद्धती निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर दिने निर्णय संघले गरेको थियो । कात्तिकमा पनि बैंकहरुले सोही व्याजदरलाई निरन्तरता दिने भएका छन् ।
कात्तिकका लागि व्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निरन्तर छलफल भइरहँदा अधिकाँश बैंकरले अब ब्याजदर बढाउन नहुने धारणा राखेका छन्। जस अनुरुप कात्तिकमा व्याजदर यतावत रहने भएको छ ।
असोजमा संघले व्याजदर बढाएपछि अर्थमन्त्री जनार्दन शर्माले व्याजदर घटाउनका जोड दिँदै आएका थिए । साथै उनले ब्याजदरको विषयमा अध्ययन गर्न १० सदस्यीय अध्ययन समिति समेत गठन गरेका थिए । तर सो समितिले ब्याजदरमा हस्तक्षेप गर्न नहुने सुझावसहितको प्रतिवेदन बुझाएको मन्त्रालयमा बुझाएको थियो ।



