काठमाडौं । निर्जीवन बीमाकम्पनीले भदौ महिनामा मात्रै तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बुधवार समितिले सार्वजनिक गरेको विरिण अनुसार सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले यो अवधिमा सो उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
भदौसम्ममा १९ निर्जीवन बीमा कम्पनीले भदौ महिनासम्ममा ४ लाख ४५ हजार बीमालेखबाट ७८ अर्ब ७४ करोड बीमाशुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो कम्पनीले यो अवधिमा १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, दोस्रोमा रहेको शिखर इन्स्योरेन्सले ६७ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सो अवधिमा ५८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै यो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको १८ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।




