काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको कारबाहीमा पर्नेमा बुद्धज्योति लघुवित्त वित्तीय संस्था र सुपर लघुवित्त वित्तीय संस्था रहेका छन् ।
उक्त लघुवित्तहरुलाई बैंकले कुल जोखिम भारित सम्पत्तिको प्राथमिक पुँंजी र पुंँजीकोष कायम नगरेको भन्दै कारबाही गरेको छ । सो लघुवित्तहरुले आर्थिक वर्ष २०७८र७९ को चौथो वित्तीय विवरण अनुसार कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्नेमा लघुवित्तले सो कायम गर्न नसकेको भन्दैे राष्ट्र बैंकले कारबाही गरेको हो ।
राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी गरेको निर्देशनको दुवै संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली
२०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही गरिएको जनाएको छ ।



