काठमाडौं । लघुबीमाका लाइसेन्सका लागि ३१ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले लघुबीमाको खुलाएको आवेदन दिने अन्तिम दिन १५ वटा जीवन बीमा र १६ वटा निर्जीवन बीमा कम्पनीले आवेदन बुझाएको बीमा समितिले जनाएको छ ।
यसरी आवेदन दिनेमध्ये निर्जीवन बीमातर्फ नेओ लाइट माइक्रो (जनरल) इस्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा रहेका छन् ।
त्यस्तै, जीवन लघुबीमा कम्पनीका लागि स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्रीशक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।
बीमा समितिले ३५ दिनअघि आवेदन खुला गर्दै लघुबीमाका लागि प्रस्ताव आह्वान गरेको थियो । पहिलो एक महिनासम्म कुनै पनि कम्पनीले आवेदन नदिएकोमा ५ दिनको अवधिमा मात्रै ३१ कम्पनीले आवेदन बुझाएका हुन् । समितिले ७ वटा कम्पनीलाई मात्रै अनुमति दिने जनाएको थियो । तर, आवेदकको संख्या बढ्दै जाँदा यो संख्या बढ्नसक्ने समितिले संकेत गरेको छ ।



