images
images

बजारको ५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ५९४ अर्बको नोट चलनचल्तीमा


  • 575
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    बजारको ५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा फर्कियो, ५९४ अर्बको नोट चलनचल्तीमा

    काठमाडौं । बजारमा गएको ५ अर्ब रुपैयाँ भदौ महिनामा राष्ट्र बैंकमा फर्किएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न समयमा बजारमा गएको सो बराबरको रकम रष्ट्र बैंकमा फर्किएको हो ।  

    बैंकका अनुसार साउन मसान्तसम्मा ५ खर्ब ९९ सय अर्ब रुपैयाँ बराबरको नोट बजारमा रहेको थियो । भदौमा सो रकम घटेर ५ खर्ब ९४ अर्ब रुपैयाँ चलनचतिमा रहेको छ । यो रकम बैंक वित्तीय संस्था र आम मानिससँग रहेको पैसा हो । 

    यो अवधिमा राष्ट्र बैंकको जगेडा तथा बचत कोषमा रहेको रकम भने घटेको छ । साउनमा ४ खर्ब २० अर्ब रुपैयाँ रहेको रकम भदौमा ७ अर्ब रुपैयाँले घटेर ४ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ । 

    त्यस्तै, राष्ट्र बैंकले सुनचाँदीमा लगानी गर्ने रकम ३ अर्बले घटेर ८४ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । साउनमा यस्तो रकम ८७ अर्ब ८८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । 

     


    images
    images

    Logo