images
images

बैंकको बढ्दाे ब्याजको प्रभाव : एक सातामा २६ अर्बले बढ्यो निक्षेप


  • 493
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    बैंकको बढ्दाे ब्याजको प्रभाव : एक सातामा २६ अर्बले बढ्यो निक्षेप

    काठमाडौं ।  वाणिज्य बैंकहरुको निक्षेप एक सातामा २६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार असोजको पहिलो साता बैंकहरुको निक्षेप सो रुपैयाँ बराबर बढ्न पुगेको हो । 

    भदौको अन्तिक साता ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप असोजको पहिलो सातामा २६ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको छ । 

    त्यस्तै, कर्जा लगानीमा भने सामान्य वृद्धि भएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । भदौको अन्तिममा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको कर्जा असोजको पहिलो साता ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । 

    असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर१२.०३ प्रतिशत  दिने निर्णय गरेका थिए । त्यसकारण बैंकहरुको निक्षेप बढ्दो क्रममा छ ।बैंकले असोज महिनादेखि संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत र रेमिट्यान्स मुद्धती निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । 


    images
    images

    Logo