images
images

छ वर्षपछि कुमारी र एनसीसी बैंकको ‘पुनर्मिलन’


  • 839
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    छ वर्षपछि कुमारी र एनसीसी बैंकको ‘पुनर्मिलन’

    काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सहमति भएको छ । दुई बैंकबीच १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जाने सहमति जुटेको हो । 

    सहमतिसँगै दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतमा हस्ताक्षर भएको छ । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पुस मसान्तसम्म मर्जरमा जाँदा छुट दिनेगरी व्यवस्था गर्दै कमजोर बैंकहरुलाई मर्जरमा जान व्यक्तिगत रुपमै दवावद दिँदै आएको थियो । राष्ट्र बैंकको दवावसँगै दुई बैंक मर्जरमा जान सहमत भएका हुन् । 

    यसअघि दुई बैंक र अन्य ५ विकास बैंकबीच मर्जरमा जाने सहमति भए पनि कुमारी बैंक मर्जरबाट पछि हटेको थियो । त्यतिबेला एनसीसी बैंकले ५ वटा विकास बैंकलाई आफूमा गाभेको थियो । 

    हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।


    images
    images

    Logo