images
images

मकैको उचित मूल्य नपाउँदा, किसान चिन्तित


  • 704
    SHARES
  • २०७८ जेठ २४ गते सोमबार

    मकैको उचित मूल्य नपाउँदा, किसान चिन्तित

    झापा । कोभिड–१९ को महामारीका कारण व्यापारीले मनोमानीरूपमा मकैको  मूल्य घटाउदा झापाका किसान चिन्तित बनेका छन् ।  

    वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल रु दुई हजार ४०० मा विक्री हुने गरेको थियो । 

    अहिले स्थानीय व्यापारीले किसानलाई प्रतिक्विन्टल रु एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । 

    दुई वर्षअघि नै प्रतिक्विन्टल रु तीन हजारमा किसानले मकै बेचेका थिए । 
     
    झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएको कारण मकैको उत्पादन बढेको छ । 

    जिल्लामा ४० हजार हेक्टर जमीनमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 


    केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लामा रहेका दाना उद्योगहरुले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नुपरेको बताए ।
     
    उनले जिल्लाका मकै किसानहरु एकीकृत हुन नसक्दा पनि व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरेको बताए । 

    जिल्लामा मकै जोन र पकेट क्षेत्रहरु घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको मकै किसानहरुको गुनासो छ ।


    images
    images

    Logo