images
images

ब्याजदर बढ्ने अन्तिम साता बैंकहरुले बढाए ४१ अर्ब निक्षेप


  • 356
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    ब्याजदर बढ्ने अन्तिम साता बैंकहरुले बढाए ४१ अर्ब निक्षेप

    काठमाडौं । वाणिज्य बैंकहरुले एक सातामा ४१ अर्ब निक्षेप बढाएका छन् । बैंकर्स संघले सार्वजनिक गरेको विवरण भदौको अन्तिम साता बैंकहरु निक्षेपमा सो बराबरको वृद्धि भएको हो । भदौ २४ गते ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको बैंकको  निक्षेप भदौ मसान्तमा आइपुग्दा ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । 

    त्यस्तै, यो अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढ्न पुगेको छ । अघिल्लो साता ४१ खर्ब ८८ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह रकम भदौ अन्तिममा ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

    बैंकहरुले भदौ तेस्रो साता नै असोज महिनादेखि ब्याजदर बढाउने निर्णय गरेका थिए । असोजदेखि ब्याजदर बढ्ने भएपनि बैंकहरुले भने ब्याजदर बढ्नुअघि नै निक्षेप रकममा उल्लेख्य सुधार गर्न सफल भएका छन् । अहिले बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।


    images
    images

    Logo