images
images

घरजग्गाका लागि दिने ऋण २८ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै नबिल बैंकको 


  • 1.5K
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    घरजग्गाका लागि दिने ऋण २८ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै नबिल बैंकको 

    काठमाडौं । एक वर्षमा घरजग्गाका लागि दिने ऋण २८‍ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लाे साउन मसान्तकाे तुलनामा गत साउन मसान्तमा व्यवसायिक घरजग्गा (रियल स्टेट) कर्जा २८.०३ प्रतिशतले बढेकाे हो । 

    गत वर्षको साउन मसान्तसम्म बैंकहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड बराबरको कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको साेही समयमा यस्ताे कर्जा २ खर्ब ११अर्ब ५४ करोड पुगेकाे छ । 

    सो क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकमा नबिल बैंक रहेको छ । सो बैंकले घरजग्गा कर्जामा साउन महिनासम्म २९ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ । उक्त शीर्षकमा गत वर्षसम्म बैंककाे लगानी १५ अर्ब ४१ करोड रुपैयाँ थियो । याे रकम नबिलमा विलय भएकाे नेपाल बंगलादेश बैंकले अघिल्लाे वर्षसम्म प्रवाह गरेकाे कर्जा समेतकाे हाे । 

    त्यस्तै, दोस्रो नम्बरमा एनआर्ईसी एसिया बैंक रहेको छ । सो बैंकले २० अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । सबैभन्दा थोरै कर्जा प्रवाह गर्ने बैंकमा भने कुमारी बैंक देखिएकाे छ । साउन महिनासम्म यस बैंकले १ अर्ब ३२ अर्ब बराबर कर्जा प्रवाह गरेको छ । 

    त्यस्तै,राष्ट्रिय वाणिज्य बैंकले साे शीर्षकमा १६ अर्ब ५४ अर्ब रुपैयाँ लगानी गर्दा प्राइम कमर्सियल बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    ५ अर्बदेखि १० अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गर्ने १४ वटा बैंक रहेका छन् भने १ अर्बदेखि ५ अर्बसम्म घरजग्गामा लगानी गर्ने ८ वटा बैंकहरु रहेका छन् ।   

    Bank Name 2079 2078
    Nabil 29,892.94 15,416.62
    NIC 20,671.23 20,333.73
    RBB 16,543.29 13,069.75
    Prime 13,630.39 11,992.72
    Global 10,058.15 4,173.74
    NBL 9,048.58 8,188.99
    Centuri 8,511.84 5,947.36
    SCBNL 7,623.43 5,199.48
    NIBL 7,453.96 4,900.93
    CBL 6,775.54 4,081.43
    HBL 6,728.39 5,169.77
     Sanima 6,605.45 5,727.23
    SBI 6,362.14 6,826.67
    MBL 6,276.69 5,748.00
    Laxmi 6,254.75 4,306.18
    NMB 5,634.18 4,664.85
    NSBI 5,624.29 4,852.06
    BOK 5,167.90 4,099.83
    Citizen 4,884.51 5,315.46
    Sunrise 4,698.40 3,750.90
    EBL 4,327.88 3,472.95
    Mega 11315.62 11,520.57
    Prabhu 3,036.60 2,586.56
    ADBNL 1,760.91 1,084.32
    NCC 1,329.35 1,251.07
    Kumari 1,326.06 1,543.73
    Total  211542.47 165,224.90

     


    images
    images

    Logo