काठमाडौं । नेपाल सरकारका ८ जना सचिव विभिन्न मान पदवीबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा सरकारले उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।
त्यसरी पदवी पाउनेमध्ये ४ जनालाई सुकीर्तिमय राष्ट्रदीप पदवी दिइने भएको छ भने अन्य ४ जना सचिवले सुप्रबल जनसेवाश्री सम्मान पाएका छन् ।
सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुनेहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपाल कानून आयोगकी सचिव लीलादेवी गड्तौला छन् ।
त्यस्तै, सुप्रबल जनसेवाश्री पदक पाउनेहरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाल र निर्वाचन आयोगका सचिव गोकर्ण दुवाडी छन् ।



