images
images

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला, यस्ताे छ प्रक्रिया


  • 315
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला, यस्ताे छ प्रक्रिया

    काठमाडौं । यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फाराममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । 

    सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फाराममार्फत् आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार विभागले सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा लाइसेन्स लिनका लागि अनलाइन फाराममार्फत् आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

    अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रुपमा लाइसेन्स निकाल्न सक्नेगरी व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्न सक्नेछन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ । 


    images
    images

    Logo