images
images

बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 370
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । 

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको छ।

    हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन १ गतेसम्म कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। 

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ


    images
    images

    Logo