images
images

प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु चयन


  • 336
    SHARES
  • २०७८ जेठ २३ गते आइतबार

    प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु चयन

    जनकपुर । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । 

    उनी हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् ।

    जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । 

    पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिए ।

    जसपाबाट पूर्व राजपा खेमाका नेताहरु ८ मन्त्रालयसहित संघीय सरकारमा गएपछि पूर्व समाजवादी पक्ष प्रदेशमा सत्ता परिवर्तन गर्न लागेको बताइएको छ । त्यसैअनुसार दलको नेतामा राउतलाई चयन गरिएको छ ।

     


    images
    images

    Logo