images
images

साउन महिनामा ७ वित्तीय संस्था घाटामा, कुनको कस्तो अवस्था ?


  • 686
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    साउन महिनामा ७ वित्तीय संस्था घाटामा, कुनको कस्तो अवस्था ?

    काठमाडौं । साउन महिनामा ७ वित्तीय संस्थाहरु घाटामा गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको विवरण अनुसार हालसम्म अस्थित्वमा रहेका ६० बैंक तथा वित्तीय संस्थामध्ये सो संख्या बराबरको वित्तीय संस्थाहरु नोक्सानीमा गएका हुन् । 

    यसरी नोक्सानीमा जाने वित्तीय संस्थाहरुमा एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रोगेसिभ फाइनान्स, समृद्धि फाइनान्स र क्यापिटल मर्चेन्ट कम्पनी रहेका छन् । साउन महिनामा ती संस्थाहरुको नोक्सानी ८ करोड ६० लाख रुपैयाँ रहेको छ । 
     
    यो अवधिमा एक्सेल डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ३ करोड ८५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत असारसम्म सो बैंकले ११ करोड ४० लाख नाफा कमाएको थियो । 

    कर्णाली डेभलपमेन्ट बैंक साउन महिनामा १ करोड ५२ लाख रुपैयाँ नोक्सानमा छ । यो बैंक गत महिनामा पनि घाटामा नै थियो । गत वर्ष सो बैंकको घाटा ३ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

    त्यस्तै, समृद्धि फाइनान्सले साउन महिनामा १ करोड १८ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । गत वर्ष सो कम्पनी नाफा ६४ लाख रुपैयाँ रहेको थियो । 

    नेपाल फाइनान्सले पनि १ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । सो कम्पनीले गत वर्ष असारसम्म ४ करोड ८० लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । 

    त्यसैगरी, प्रोगेसिभ फाइनान्सको नोक्सान साउन महिनामा ६१ लाख रुपैयाँ रहेको छ । उक्त कम्पनीले गत वर्ष ५ करोड रुपैयाँ बराबरको नाफा कमाएको थियो । 

     नारायणी डेभलपमेन्ट बैंकले यो महिना २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । सो बैंकको अघिल्लो वर्ष १ करोड ८२ लाख रुपैयाँ घाटा रहेको थियो । 

    त्यस्तै, लिक्विडेसनको चरणमा रहेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको  नोक्सानी यो महिना ५ लाख रुपैयाँ रहेको छ । यो फाइनान्सलाई प्रभु बैंकले सकार्ने प्रक्रियामा छ ।  


    images
    images

    Logo