images
images

साउन महिनामा वाणिज्य बैंकहरुको ९ अर्ब*, कुन बैंककाे कस्ताे अवस्था ?


  • 6.6K
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    साउन महिनामा वाणिज्य बैंकहरुको ९ अर्ब*, कुन बैंककाे कस्ताे अवस्था ?

    काठमाडौं । साउन महिनामा मात्रै वाणिज्य बैंकहरुले ९ अर्ब नाफा कमाएका छन् । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा २६ वाणिज्य बैंकहरुले कुल ९ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक वर्षको १ महिनामा वाणिज्य बैंकहरुले कमाएको नाफाभन्दा ४३ प्रतिशत बढी हो । अघिल्लो वर्षको पहिलो १ महिनामा यस्तो नाफा ६ अर्ब ३१ करोड रुपैयाँ थियो । 

    नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा नाफा कमाउनेमध्ये सबैभन्दा शीर्ष स्थानमा नबिल बैंक रहेको छ । बैंकले १ महिनामै ८३ करोड नाफा कमाएको तथ्यांकमा उल्लेख छ । 

    यो अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल र सेञ्चुरी देखिएका छन् । ती बैंकहरुको नाफा १७/१७ करोड रुपैयाँ रहेको छ । 

    यो वर्ष बैंकहरुको नाफा दोब्बर देखिनुमा अघिल्लो वर्ष १ महिनामा नबिलको नाफा ६१ करोड रुपैयाँ मात्रै रहेको देखिएकोमा यो वर्ष झण्डै ४ अर्ब ३६ करोड रुपैयाँले बढेको देखिएको छ । त्यस्तै, राष्ट्र बैंकले बैंकहरुलाई अघिल्लो वर्ष साउन १५ सम्मको आम्दानीलाई अघिल्लो वर्षको नाफामा देखाउन मिल्ने व्यवस्था गरेकोमा यो वर्ष यो व्यवस्था नभएकोले अधिकांश बैंकको नाफा यो वर्ष बढेको देखिएको छ । यसले समेत नाफामा उच्च वृद्धि भएको देखिन्छ । 

    कुन बैंकको नाफा कति ?

    नेपाल बैंक : ३५ करोड ७५ लाख
    राष्ट्रिय वाणिज्य बैंक : ७५ करोड २१ लाख
    नबिल बैंक : ८१ कराेड ३६ लाख
    नेपाल इन्भेष्टमेन्ट बैंक : ४२ करोड ९० लाख
    हिमालयन बैंक : ३१ करोड १८ लाख
    नेपाल एसबीआई बैंक : १९ करोड ५१ लाख
    एभरेष्ट बैंक : ३५ करोड ९५ लाख
    बैंक अफ काठमाडौं : १६ करोड ३० लाख
    एनसीसी बैंक : २६ करोड ९२ लाख
    एनआईसी एशिया बैंक : ४७ करोड ६३ लाख
    माछापुच्छ्रे बैंक : २५ करोड ४२ लाख
    कुमारी बैंक : २९ करोड २७ लाख
    लक्ष्मी बैंक : २३ करोड ४५ लाख
    सिद्धार्थ बैंक : ३७ करोड ५७ लाख
    कृषि विकास बैंक : २६ करोड ८२ लाख
    ग्लोबल आईएमई बैंक : ६७ करोड ३३ लाख
    सिटिजन्स बैंक : २४ करोड ९४ लाख
    प्राइम कमर्शियल बैंक :  ३९ करोड ५४ लाख
    सनराइज बैंक : २५ करोड ३५ लाख
    एनएमबि बैंक :  ३६ करोड ७ लाख
    प्रभु बैंक : ३७ करोड ६१ लाख
    मेगा बैंक : २७ करोड ८६ लाख
    सिभिल बैंक : १७ करोड ७७ लाख
    सेञ्चुरी बैंक : १७ करोड ३६ लाख
    सानिमा बैंक : २८ करोड ६० लाख

    *राष्ट्र बैंकले गलत तथ्यांक प्रकाशन गरेकाेमा सच्याएर नयाँ तथ्यांक प्रकाशन गरेअनुसार सच्याइएकाे । 


    images
    images

    Logo