काठमाडौं । औसतमा दैनिक २ सय कम्पनी दर्ता हुन्छन् । तर जति दर्ता भएका छन्, सबै सञ्चालनमा छैनन् र खारेजी पनि हुन सकेका छैनन् ।
कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार दर्ता भएका ७५ प्रतिशत भन्दा बढी कम्पनीले वार्षिक विवरण अद्यावधिक गर्दैनन् । कम्पनी ऐन २०६३ मा विवरण पेश नगर्ने कम्पनीलाई जरिवानाको प्रष्ट व्यवस्था गरिए पनि अधिकांशले वार्षिक विवरण पेश नगर्ने गरेको पाइएको छ ।
प्राइभेट कम्पनीमा ६लाख ७० हजार ७ सय ६७ व्यक्ति संलग्न छन् । कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीका अनुसार विवरण बुझाउने कम्पनी २५ प्रतिशत पनि पुग्दैनन् ।
१ अर्ब भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको संख्या १ सय ६९ रहेको छ । एकल स्वामित्वमा रहेको प्राइभेट कम्पनीको संख्या १ लाख ११ हजार छ ।
अन्नपूर्ण पोष्टबाट