images
images

१ दर्जन सरकारीसहित ३४ निकाय काठमाडौं महानगरको निशानामा


  • 521
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    १ दर्जन सरकारीसहित ३४ निकाय काठमाडौं महानगरको निशानामा

    काठमाडौं । नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले काठमाडौं महानगरसँग सोधखोज सुरु गरेको छ। काठमाडौं महानगरका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ।

    काठमाडौं महानगरले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो। 

    चेतावनीपछि अधिकांश निकायले कर तिर्न महानगरसँग हिसाबकिताब माग गरेको छ। वर्षौँदेखि कर नतिरेका ती संस्थाले तोकेको समयभित्र कर भुक्तानी नगरे व्यवसाय नै बन्द गराउने चेतावनी पनि दिइएको छ।


    images
    images

    Logo