images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमको नाेक्सान ५९ करोडमा झर्ने अनुमान


  • 768
    SHARES
  • २०७८ जेठ २२ गते शनिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमको नाेक्सान ५९ करोडमा झर्ने अनुमान

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

    निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा २/२ रुपैयाँको दरले मूल्य बढाइएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल १२५ रुपैयाँ, डिजेल र मट्टितेल १०८ रुपैयाँ तथा हवाई इन्धन ८० रुपैयाँ कायम गरिएको छ । 

    मूल्य नबढ्दा पाक्षिक रुपमा ७१ करोड नोक्सान हुने निगमलाई मूल्य बढाइएपछि नोक्सान घटेर ५९ करोडमा झर्ने जनाइएको छ । 


    images
    images

    Logo