images
images

ङादी ग्रुपले साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दै


  • 380
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    ङादी ग्रुपले  साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दै

    काठमाडौं । ङादी ग्रुप पावरलको साढे १२ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको  सेयर असोज २ गतेबाट बिक्री खुल्ला हुनेछ ।

    कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म बिक्रीका लागी राखेको  सेयरमा प्रर्याप्त आवेदन नपरेकाले पुनश्च बिक्री खुल्ला गर्न लागेको हो । सेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी,संघ,संस्थाले असोज २ गतेबाट असोज १३ गतेसम्म पेश गर्न सक्नेछन् ।

    सेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी,संघ,संस्थाल बोलपत्र फारम सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुबाट लिन सकिनेछ । सेयर खरीदकर्ताले १०० रुपैयाँ भुक्तानी गरी बोलपत्र फारम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।


    images
    images

    Logo