images
images

३ ठुला सहकारीबीच मर्जर सम्झौता, मर्जरपछि लक्ष्मीकल्याण गुराँस हुने 


  • 728
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    ३ ठुला सहकारीबीच मर्जर सम्झौता, मर्जरपछि लक्ष्मीकल्याण गुराँस हुने 

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित ३ ठूला सहकारी संस्थाहरुले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ बीच मर्जरका लागि सम्झौता भएको हो । 

    मर्जरपछि उक्त सहकारीको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने भएको छ । मर्जरपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने सहमति भएको छ । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो ।

    मर्जरपछि संस्थाको  शेयर पुँजी ३१ करोड ७ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार रुपैयाँ हुने भएको छ । 

    त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख  रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख रुपैयाँ रहने भएको छ ।


    images
    images

    Logo