काठमाडौं । संघीय सरकारका २२ मन्त्रालयमध्ये एक हो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ती सबै मन्त्रालय पुनर्गठन गरिन् ।
तर, उनले गरेको पुनर्गठनमा २१ वटा मन्त्रालय मात्रै समावेश छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा कसैलाई दिइएको छैन ।
यसअघि यो मन्त्रालय उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेलले हेर्थे । अहिले मन्त्रिमण्डल हेरफेर गर्दा उनी सरकारबाट बाहिरिइसकेका छन् । प्रधानमन्त्री कार्यालय सम्हाल्ने जिम्मा अहिले कसैलाई पनि दिइएको छैन ।
हुन त सरकारमा अरु ७ मन्त्रालय पनि मन्त्रीविहीन छन् । तर, मन्त्रीविहीन मन्त्रालय हेर्ने जिम्मा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई तोकेकी छन् । तर, प्रधानमन्त्री कार्यालय भने नेतृवविहीन छ ।




