images
images

चीसो पेय पदार्थको मूल्य बढ्यो, कतिले बढ्यो मूल्य ?


  • 668
    SHARES
  • २०७८ जेठ २१ गते शुक्रबार

    चीसो पेय पदार्थको मूल्य बढ्यो, कतिले बढ्यो मूल्य ?

    काठमाडौं । गर्मी याम बढेसँगै बजारमा  बिक्रि हुने कोकोकोला, फ्यान्टा र स्प्राइटको माग पनि बढ्ने गरेको पाइन्छ । 

    यो सँगै  वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले आफ्ना उत्पादनका कोकोकोला, फ्यान्टा र स्प्राइटको भाउ बढाएका हुन् । 

    शुक्रबार संयुक्त रुपमा एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेको जनाएका छन् । 

    कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन पाइन्थ्यो ।

    कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ । 

    त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आउनु अगाडीसम्म २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो । 

    कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेका छन् । 

    यो मूल्य आजैबाट लागू हुने भएको छ ।


    images
    images

    Logo