images
images

बाणिज्य बैंकको निक्षेप ११ अर्बले बढ्दा कर्जा १ अर्बले बढ्यो


  • 404
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    बाणिज्य बैंकको निक्षेप ११ अर्बले बढ्दा कर्जा १ अर्बले बढ्यो

    काठमाडौं । भदौको तेस्रो साता बाणिज्य बैंकको निक्षेप बढ्न पुगेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । 

    नेपाल  बैंकर्ष संघका अनुसार भदौ १० गते सम्ममा बैंकहरुको निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो भने भदौ १७ गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ । 

    त्यस्तै, बाणिज्य बैंकहरुको निक्षेप बढेसँगै कर्जा पनि १ अर्ब रुपैयाँले बढ्न पुगेको छ । संघले सार्वजनिक गरेको विवरण अनुसार भदौ १० गते सम्म कर्जा ४१ खर्ब ८० अर्ब रहेको थियो भने भदौ १७ गतेसम्म आइपुग्दा १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८१ रुपैयाँ रहेको छ । 


    images
    images

    Logo