images
images

निर्जीवन बीमा कम्पनीले साउनमा संकलन गरे ४अर्ब ४७ करोड बीमाशुल्क


  • 460
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    निर्जीवन बीमा कम्पनीले साउनमा संकलन गरे ४अर्ब ४७ करोड बीमाशुल्क

    काठमाडौं ।  निर्जीवन बीमा कम्पनीले साउनमा ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । संञ्चालन रहेका १९ निर्जीवन बीमा कम्पनीहरुले उक्त समयमा २ लाख २१ हजार बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।

    आइतवार बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार १९ निर्जीवन बीमा कम्पनीहरु मध्ये  सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो कम्पनीले यो अवधिमा ३ हजार १ सय १२ वटा बीमालेख जारी गरी ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले २० हजार ९ सय १७ वटा बीमालेख बाट ३५ करोड ५२ लाख ४१ हजार रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै साउनमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले १० हजार ५ सय ७४ बीमालेख बाट १० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    nonlife.JPG


    images
    images

    Logo