काठमाडौं । नेपाल राष्ट्र बैंकले २ बैंकलाई मर्जरमा जानको लागि स्वीकृति दिएको छ । राष्ट्र बैंकले आइतवार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो ।
यी बैंकबिच १ बराबर १ शेयका अनुपातमा गाभिने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम प्रभु रहने भएको छ भने सीईओमा अशोक शेरचनले हुने भएका छन् त्यसैगरि सेञ्चुरी बैंकका का सीइओ मनोज न्यौपानेडेपुटी सीईओ हुने सम्झौता भएको छ ।
मर्जर पछिको संचालक समितिमा ४ जना प्रभु बैंकबाट र ३ जना सेञ्चुरी बैंकबाट गरि ७ जनाको समिति हुने भएको छ । मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।