काठमाडौं । उपत्यकाका आजदेखि निषेधाज्ञा खुकुलो भएको छ । बैशाख १६ गतेदेखि लाग्दै आएको निषेधाज्ञा अघिल्लो शुक्रबारदेखि कडाई गरिएको थियो । एक साता लामो कठोर लकडाउनपटि आजदेखि निषेधाज्ञालाई पुनः खुकुलो पारिएको हो । यद्यपि निषेधाज्ञाको अवधि भने आगामी जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ ।
आजदेखि बिहान ९ बजेसम्म खाद्यान्न पसल खोल्न पाइनेछ । निर्माण सामाग्रीको ढुवानी राती ९ बजेदेखि बिहान ९ बजेसम्म गर्न पाइनेछ । सवारीसाधन मर्मत गर्ने वर्कशपका लागि पनि राती र बिहान खोल्न छुट दिइएको छ ।