images
images

नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि 


  • 486
    SHARES
  • २०७८ जेठ २० गते बिहीबार

    नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ  । 

    मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । 

    यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । 

    यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । 

    हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ  । 

     


    images
    images

    Logo