काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २९.६४ अंकले बढेर हालसम्म कै उच्च अंक २८५६.७७ अंकमा पुगेको छ ।
आजको दिन ३ करोड ४६ लाख कित्ता सेयर कुल १६ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ ।
उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन र फाइनान्स कम्पनीको सेयरमा उछाल देखिएको छ भने निर्जीवन बीमा कम्पनी, जलविद्युत् कमपनी र ट्रेडिङतर्फ गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा मञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
साथै गोर्खाज फाइनान्सको ९.६८ प्रतिशतले सेयर मूल्य बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९.५५ प्रतिशतको वृद्धि भएको छ ।



