images
images

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन


  • 671
    SHARES
  • २०७८ जेठ २० गते बिहीबार

    राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन

    पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई दलबाट निष्कासन गरेको छ ।

    सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

    जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी थापालाई यसअघि नै निलम्बन गरेको थियो । 

    उनले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् । 

     


    images
    images

    Logo