काठमाडौं । बैंकहरुको निक्षेप घट्ने क्रम अझै जारी रहेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनामा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउनको अन्तिम साता ४४ खर्ब ३३अर्ब रुपैयाँ रहेको निक्षेप भदौको पहिलो सातामा आउँदा ७ अर्ब रुपैयाँले घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।
सोही समयमा बैंकहरुको कर्जा लगानीमा १ अर्ब रुपैयाँले बढेको छ । साउनको अन्तिम साता ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप भदौको पहिलो साता हुँदा १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।