images
images

राष्ट्र बैंकले ल्यायो चालू पुँजी कर्जा मार्गदर्शन, ऋण दिने बैंकको नाम बोर्डमै राख्नुपर्ने !


  • 630
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    राष्ट्र बैंकले ल्यायो चालू पुँजी कर्जा मार्गदर्शन, ऋण दिने बैंकको नाम बोर्डमै राख्नुपर्ने !

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन जारी गरेको छ । मंगलबार नयाँ निर्देशन जारी गर्दै राष्ट्र बैंकले २ करोडसम्मकोमा एउटा र त्यसमाथिकोमा अर्को नीति लिएको छ । 

    अब २ करोडसम्मको कर्जाको बार्षिक कारोबार/ बिक्रीको २० प्रतिशत सीमा निर्धारण गरिएको छ भने बैंकहरुले आँफैले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने ब्यवस्था गरेको छ। 

    २ करोडमाथिको बैंकले बार्षिक कारोबार/ बिक्रीको २५ प्रतिशतसम्म मात्र दिन सकिने ब्यवस्था गरिएको छ।  यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनु पर्नेछ । 

    चालू पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी कर्जाको नीति अनुसार ऋण दिन सकिन्छ। 

    बैंक तथा वित्तीय संस्थाले कम्तीमा ३ महिनामा एकपटक चालू सम्पत्ति र चालु दायित्वको निरीक्षण र वर्षको एकपटक अनिवार्य आकस्मिक निरीक्षण गरी सोको प्रतिवेदन कर्जा फाइलमा अद्यावधिक गरी राख्नुपर्दछ ।

    कुनै पनि ऋणीले मालसामान राखेको स्थान, पसल, गोदाम वा उद्योगमा अनिवार्य रुपमा फर्म/संस्था/कम्पनीको नाम, धितो रहेको स्थलको ठेगाना, दर्ता नम्बर र धितो रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी व्यहोरा सहितको सूचना पाटी (बोर्ड) सहजै हटाउन नसकिने गरी राखेको हुनुपर्दछ । 


    images
    images

    Logo