काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि पनि ट्रेजरी बिल आफैँले खरिद गरेको छ । बैंकले सोमबार बिक्री गरेको ट्रेजरी बिलमा करिब ५ अर्ब ८८ करोड रुपैयाँको ट्रेजरी बिल आफैँले खरिद गरेको हो।
राष्ट्र बैंकले सोमबार २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ५ अर्ब ८८ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।
सोमवार राष्ट्र बैंकले १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । । तर, राष्ट्र बैंकले ६ अर्ब ३५ करोर्ड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ५ अर्ब ८८ करोड ३२ लाखको आफैंले खरिद गरेको छ ।
यसअघि पनि राष्ट्र बैंकले बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटीभन्दा बढी दर पेश गरेको ट्रेजरी बिल आफैँले खरिद गरेको थियो। यसरी राष्ट्र बैंक आफैँले गरिद गर्न थालेपछि ट्रेजरीबिलको दर घट्दै गएको छ। करिब १४ प्रतिशतसम्म पुगेको ट्रेजरी बिलको दर अहिले ९ प्रतिशतको हाराहारी झरेको छ।
सोमबार राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गरेको थियो भने ९१ दिनको लागि २ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब बराबरको र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो।



