images
images

१२ अर्ब २३ करोडकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 413
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    १२ अर्ब २३ करोडकाे  ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ  । सोमबार बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ९१ दिनको लागि २ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि २ अर्ब  रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी बिल २८ दिनको असोज ४ गते परिपक्क हुनेछ भने ९१ दिनको मंसिर ६ गते परिपक्क हुनेछ ।  त्यस्तै,  १८२ दिनको फागुन ९ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८० साल अगामी भदौ ५ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।    


    images
    images

    Logo