काठमाडौं । साउनको पाँचौ साता बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ । बाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन २७ गतेको तुलनामा १२ अर्ब रुपैयाँले बढेको हो।
नेपाल बैंकर्स संंघको तथ्यांक अनुसार साउन २७ गते ४४ खर्ब २१ अर्ब रहेको निक्षेप साउन ३१ गते आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, वाणिज्य बैंकहरुको कर्जा २७ गतेको तुलनामा २ अर्ब रुपैयाँले बढेको छ। । गत साता बैंकहरुको कर्जा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो भने यो साता बैंकहरुको कर्जा २ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।