images
images

सार्वजनिक तथा निजी यातायातका साधन पूर्ण रुपमा रोक लगाउने निर्णय 


  • 639
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    सार्वजनिक तथा निजी यातायातका साधन पूर्ण रुपमा रोक लगाउने निर्णय 

    काठमाडौं । सार्वजनिक तथा निजी सवारी साधन उपत्यकामा थप १० दिन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ ।  

    उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको  बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । 

    सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ । 

    साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।


    images
    images

    Logo