काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५.७६ अंकले बृद्धि भइ २८२७.१३ अंकमा पुगेको छ ।
यो दिन २ करोड २६ लाखको कित्ता सेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएको छ ।
जसमा १७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ म्यूचुअल फण्डबाहेक बाँकीमा वृद्धि देखिएको छ । सबैभन्दा फाइनान्समा ९.९१ प्रतिशत, विकास बैंक ६.१३ प्रतिशत, निर्जीवन बीमाा कम्पनीको ३.३४ प्रतिशतले वृद्धि देखिएको छ ।
यो दिनको कारोबारमा राष्ट्रिय बीमा कम्पनी र सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।



