काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि. धनगढी र अत्तरिया र शिव शिखर एग्रो प्रा.लि.को आयोजनामा बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कोरोना संक्रमणका कारण अस्पतालमा विरामीहरूको उपचारका लागि रगतको कमि भएर असहज अवस्था सिर्जना हुन थालेपछि समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका सुदुरपश्चिम प्रदेश प्रवन्धक हेमराज जोशीले बताए ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा संस्थाका २५ जना कर्मचारीले रक्तदान गरेका छन् ।
यसैवीच शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि.ले नेपाल पत्रकार महासंघ कैलाली शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सञ्चारकर्मीहरुलाई अप्ठयारो समयमा सघाउन पत्रकार महासंघले आफना शाखाहरुमा पत्रकार कल्याण कोषको स्थापना गर्ने गरेको छ ।
प्रबन्धक जोशीका अनुसार अग्रपंक्तिमा रहेर सूचना र समाचार सम्प्रेष्ण गर्ने सञ्चारकर्मीहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले सहकारीका तर्फबाट पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो ।



