काठमाडौं । नागरिक लगानी कोषको नाफा १४.२९ प्रतिशतले बढेको छ । मंगलवार कोषले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा कोषले ८८ करोड ७८ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ७७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा कोषले १ अर्ब ४९ करोड बराबरको आम्दानी गरेको छ गत वर्ष यस्तो रकम १ अर्ब ३१ करोडको थियो । कोषले बैंकमा राखेको निक्षेपबाट २२ करोड ५० लाख ब्याज आम्दानी गरेको छ भने कोषका ग्राहकहरूलाई दिएको सेवावापतको शुल्क र कमिशनबाट १ अर्ब २६ करोड रूपैयाँ आम्दानी गरेको छ।
त्यस्तै सोही समयमा कोषले बैंकमा १ खर्ब ३ अर्ब रूपैयाँ मुद्दति निक्षेप राखेको छ । बचतकर्ताहरूलाई आवास कर्जा लगायतमा ४२ अर्ब लगानी गरेको छ भने २६ अर्ब रूपैयाँ शेयर लगानी रहेको छ
असार मसान्तसम्ममा कोषको प्रति शेयर आम्दानी २७ रुपैयाँ १५ पैसा रहेको छ भने पैति शेयर नेटवर्थ २ सय ३८ रुपैयाँ ६५ पैसा रहेको छ ।



